काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला प्रभावित क्षेत्र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आज चिकित्सकसहितको टोली पठाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.मीरकुमार अधिकारीले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट उपचारका लागि आवश्यक औषधि लिएर चिकित्सकसहितको टोली बिहीबार त्यसतर्फ गएको जानकारी दिए । प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पनि चिकित्सकसहितको टोली पठाएको छ । कृष्णनगर नगरपालिकाका वडा…