४ बैशाख २०८१, मंगलबार | April 16, 2024

प्रहरी दिवसमा रुपन्देही प्रहरीले सम्झियो पूर्व प्रहरीहरुलाई



बुटवल । प्रहरी दिवसको अवसर पारेर रुपन्देही प्रहरीले अवकास प्राप्त पूर्व प्रहरीहरुलाई बोलाएर दिवा भोज खुवाएको छ । दिवसका अवसरमा रुपन्देहीमा स्थायी वतन भएका अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरुसँग रुपन्देही प्रहरीले पुनर्मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा रुपन्देहीमा बसोबास गरिरहेका पूर्व प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक देखि पूर्व प्रहरी हवल्द्धारहरु समेत गरी ८९ जना पूर्व प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले सरकारी सेवाबाट अवकास पाएपनि प्रहरीहरु राष्ट्रप्रतिको कर्तब्यबाट कहिल्यै अवकास नपाउने बताए ।

पुनर्मिलन ज्यू, भुतपूर्व प्रहरी संगठनका अध्यक्ष एवं पूर्व प्रहरी निरीक्षक प्रेम पौडेल तथा पूर्व प्रहरी नायव उपरीक्षक मेघराज कँडेलले शुभकामना ब्यक्त गरे ।

दिवा भोज सहित सम्पन्न भएको कार्यक्रममा रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापा, बहालवाला प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ०७ बजे

चैतेदशैँको अवसरमा बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदशैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको