काठमाडौ । सुन्दर मिलनको क्षण रातमा छ त्यो हात उनको यो हातमा छ । गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित । कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा कि यो संसार बिर्सिन्थेँ तिमी आए…