काठमाडौं । काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक…