कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बुधवार बिहान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा हान्दै अनुगमन सुरु गरेको हो । नगरपालिका विरुद्ध अख्तियारमा उजुरीको चाङ लागेपछि अनुसन्धान गर्न टोली खटिएको हो । टोलीले बिहान ९ बजेदेखि साँझसम्म कार्यालयमा रहेको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । अनुसन्धान गर्न…