सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाईभैसींलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरेको छ । नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र उपकरण अन्तर्गत आइतबार पचास प्रतिशत अनुदानमा यहाँका २१ जना व्यवसायिक कृषक फर्महरुमा रहेका गाईभैसींलाई ओछ्याउन १ सय ९८ वटा ‘काउ म्याट’ वितरण गरेको हो । उक्त ‘काउ म्याट’ वितरण…