काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई…