पाँचथर । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् । अभियानमा संलग्न युवाहरु स्वंयले रकम…