काठमाडौं । आज २५६५औं बुद्ध जयन्ती । नेपाललगायत विश्वभरका बौद्धमार्गीहरुले विभिन्न धार्मिक कृयाकलापहरु गरी बुद्ध जयन्ती मनाउने गर्छन । नेपालमा पनि विभिन्न धार्मिक कृयाकलापहरु गरेर मनाइँदैछ । तर कोरोना महामारीका कारण सार्वजनिक जमघटलगायतका कायक्रमहरु भने नहुने भएका छन । बुद्ध जयन्तीको औपचारिकतास्वरुप बुद्ध जन्मस्थल लुम्बिनीमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै धार्मिक अनुष्ठान गरिने भएको छ…