वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल निर्माण गरिने भएको छ । रु एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी-माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ । ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण…