२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सरकारलाई आफ्नै बहुमतको संसद्माथि विश्वास छैन : गगन थापा

काठमाडौं । गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्माथि विश्वास नभएको आरोप लगाएका छन् । रौतहटमा पार्टीका नेता-कार्यकर्तासँग संवाद गर्दै उनले प्रतिनिधिसभाको बैठक आह्वान गरिसकेपछि बिना सूचना स्थगित गर्नु संसद् र नागरिकप्रतिको अवहेलना भएको टिप्पणी गरे । “बैठकको मिति तोकेर आह्वान गरिसकेपछि फेरि कुनै जानकारी बिना स्थगित गरिनु संसद् र जनतालाई हेप्नु हो,” उनले भने…