१९ पुस २०८२, शनिबार | January 3, 2026

‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध

नेपालगन्ज । नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको 'नेपालगन्ज नाइट रन' अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो।…