२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अविरल वर्षाले सडक भासिँदा नारायणघाट-बुटवल राजमार्ग अवरुद्ध, कावासोती र दलदले डुवानमा

बुटवल । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपुर जिल्लाको (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोतीमा सडक भासिएको छ । सडक भासिएपछि अहिले पुर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।…