१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

ओली-नेपालबीच कुरा नमिले पनि एमाले कार्यदलको बैठक बस्ने



काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताले सहमति पहिल्याउन नसकेपनि एमाले एकताका लागि बनेको कार्यदलको बैठक भने निरन्तर बस्ने भएको छ । दुई नेता बीच सहमति कायम हुन नसकेको खबर सार्वजानिक भएपनि एमाले कार्यदलको बैठक आज पुनः बस्दै छ ।

कार्यदलको बैठक आज ११ बजे सिंहदरबार स्थित अर्थमन्त्रालयको कार्यकक्षमा बस्ने तय भएको छ ।

ओली र नेपाल बीच बुधबार भएको भेटवार्तामा ओलीले निसर्त सहयोग गर्न आग्रह गरेपछि नेता नेपाल प्याकेजमा सहमती भए सहमति हुने अन्यथा नहुने भन्दै बाहिरिएको स्रोतहरुले उल्लेख गरेका छन् ।

बुधबारको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन, केन्द्र र प्रदेश सरकार सञ्चालन, ०७५ जेठ २ मा फर्किने मोडालिटीलगायत विषयमा गम्भीर छलफल गर्नुपर्ने प्रस्ताव राखेपनि प्रधानमन्त्री ओलीले पार्टी र सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न भनेपछि सहमति हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ । भेटमा ओलीले छलफलको एजेण्डामा प्रवेश नै गर्न नचाहेको र एकोहोरो पार्टी र सरकार अप्ठेरोमा परेकाले सहयोग गर्न आग्रह मात्र गरेपछि नेता नेपाल उठेर हिँडेको स्रोतको दाबी छ । ‘पहिला एकताको प्रस्तावमा हस्ताक्षर गरौं बाँकी कुरा मिलाउँदै जाउँला।’ ओलीले नेपाल समक्ष प्रस्ताव गरेको नेपाललाई उदृढ गर्दै उक्त स्रोतले भने ।

नेता द्वयबीच सहमति बन्न नसकेपनि कार्यदलको बुधबार बिहानको बैठक भने सकारात्मक दिशामा अगाडि बढेको कार्यदलका सदस्यहरुले बताएका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ०२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग