काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरसका संक्रमितको संख्या घट्ने क्रम निरन्तर जारी छ । सोमबार २९१८ जना संक्रमित मात्र थपिएका छन् । १४ हजार ८१९ पीसीआर र एन्टिजेन परीक्षण गर्दा २९१८ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबीचमा संक्रमणमुक्त हुनेको संख्या भने निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ५१४७ जना…