झापा । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउनु भनी…