३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

मुख्यमन्त्री पोखरेलले पोखे सर्वोच्च अदालतप्रति असन्तुष्टी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले नागरिकता अध्यादेश खारेज गरिदिएको सर्वोच्च अदालत प्रति असन्तुष्टी प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले संविधानको हुवहु भएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्च अदालतले उल्टाइदिएको गुनासो गरेका छन् ।

नागरिकता अध्यादेश सर्वोच्चकै परमादेश र संविधानको हुबहु व्यवस्था बमोजिम आएको संकेत गर्दै पोखरेलले सर्वोच्चले उल्टाईदिएको बताएका छन् ।

‘नागरिकता संबन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए,’ पोखरेलले लेखेका छन्, ‘तर सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी ।’

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ९ : ०० बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट