नयाँदिल्ली । कोभिड उपचारको ६ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फंगस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इस्न्टिच्युट (एम्स)का वरिष्ठ नसारोग विशेषज्ञले बताएका छन् । एम्समा न्युरो सर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भने, “‘फंगल’ संक्रमण कुनै नयाँ समस्या होइन । संक्रमणका धेरै कारणहरू हुनसक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा…