२६ बैशाख २०८१, बुधबार | May 8, 2024

घट्यो बाँके र रुपन्देहीमा संक्रमणको दर, बाँकेमा ९५ र रुपन्देहीमा १६७ जनामात्र नयाँ संक्रमित थपिए



बुटवल । कोरोना कहरको दोस्रो लहरमा देशकै हटस्पट बनेको रुपन्देही र बाँके दुबै जिल्लामा संक्रमणको दर घट्न थालेको संकेत देखिएको छ । दुबै जिल्लामा हरेक दिन नयाँ संक्रकित थपिने क्रम घटेको छ भने रुपन्देहीमा मृत्यु दर पनि घटेको छ । बाँकेमा संक्रमित थपिने क्रम घटेपनि मृत्युदर भने घट्न सकेको छैन ।

दुबै जिल्लाको पछिल्लो २४ घण्टाको विरणमा रुपन्देहीमा ६४० नमुना परीक्षण गर्दा १६७ जनामा मात्र संक्रमण पुष्टि भएको छ भने बाँकेमा ४३२ कुल संक्रमित मध्य २२ प्रतिशत मात्र बाँकेका संक्रमित थपिएको देखिएको छ । बाँकेमा आज ९५ जनामा मात्र संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जनाएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ जनाको मात्र मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ, यद्देपी लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका कारण स्वास्थ्य कार्यालयको मृत्युको विवरण शंकास्पद देखिएको छ । उता बाँकेमा भने सोही समयमा १४ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएकाहरुमा जिल्लाा भित्रका ४ जना र अन्य जिल्लाका १० जना छन् । बाँकेमा अन्यत्रबाट उपचार गर्न आएकाहरुको मृत्यु भएको जोड्दा मृत्युदर बढी देखिएपनि जिल्ला भित्रको मृत्यु दर घटेको तथ्यांकले देखाएको छ ।

२४ घण्टाकै अवधीमा बाँकेमा २०३ जनाको डिस्चार्ज भएको छ भने रुपन्देहीमा ५३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : ५८ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक