१६ चैत्र २०८२, सोमबार | March 30, 2026

भोजले फैलायो पाहुनाले भित्र्याएको कोरोना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ…