७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा निषेधाज्ञाको अवज्ञा गर्ने ३ जनालाई १ महिना कैदको सजाँय



बुटवल । स्थानीय प्रशासनले जारी गरेको निषधोज्ञा उल्लंघन गर्ने बुटवलका ३ जना होटल ब्यवसायीलाई १ महिना कैद वा सो बराबरको जरिवानाको सजाँय दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा बुटवल उप महानगरपालिका वडा न. ९ मिलनचोक स्थित सेराज रेष्टुरेण्टका २ जना संचालन र १ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले संक्रमक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम सजाँय सुनाएको हो ।

उनीहरुले निषेधाज्ञाको अवज्ञा गर्दै रेष्टुरेण्ट संचालन गरेको तथा रेष्टुरेण्टमा अनावश्यक भिडभाड गराएको भन्दै प्रहरीले रेष्टुरेण्ट संचालक २ जना सहित ३ जनालाई पक्राउ गरेको थियो ।

निषेधाज्ञाको अवज्ञा नगर्न प्रहरीले सम्झाउन खोज्दा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध गर्दै धम्की र गालि गलौज गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले होटल संचालक शेर बहादुर भण्डारी र शम्भु भट्टराई तथा उक्त होटलका कर्मचारी बारटेण्डर रुकुम मगरलाई पक्राउ गरि संक्रमक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय बुझाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले पक्राउ परेका ३ जनालाई एक महिना कैद वा सो बराबरको जरिवाना सुनाएकोमा जनही रु.९,१०० का दरले २७ हजार ३०० बुझाएर उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई