१ माघ २०८२, बिहिबार | January 16, 2026

कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए ।…