पोखरा । कोभिड-१९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एसोसिएसन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले जताततैका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलगायतका घरबास…