बुटवल । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि फ्रन्टलाईनमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने समुह तथा व्यक्तिहरुलाई सामाजिक तथा व्यवसायीक संघसंस्थाहरुबाट निशुल्क रुपमा स्वाश्थ्य सामाग्री प्रदान गर्ने गरिएको छ । यसैक्रममा यातायात क्षेत्रको संस्था ढुवानी व्यवसायी समिति, रुपन्देहीले बुटवल उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण प्रहरीका इकाईहरु तथा सडकमा खटिएका सुरक्षाकर्मींहरुलाई निशुल्क माक्स तथा सेनेटाईजर दिएको छ…