काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा प्रचण्ड-नेपाल पक्ष निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले…