२७ बैशाख २०८३, आइतबार | May 11, 2026

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयले अवरोध गर्ने चेतावनी



बुटवल । देशब्यापीरुपमा शिलान्यास र उदघाटनको अभियानमा हिंडेको ओली सरकारका मन्त्रीहरुलाई रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यसमा भने अवरोध हुने भएको छ । विगट ५० वर्ष देखि बसोबास गर्दै आएका स्थानीयबासीको बैपल्पिक व्यवस्था नगरि औद्योगिक क्षेत्रको शिलान्यस गर्न थालिएको भन्दै स्थानीयले शिलान्यस कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका छन् ।

मोतिपुर औद्योगिक क्षेत्र भित्र पर्ने स्थानीयबासीहरुले आज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गन बुटवल औद्योगिक क्षेत्रमा ज्ञापन पत्र बुझाउंदै ५० वर्ष देखि जोतभोग र बसोबास गर्दै आएका नागरिकको बैकल्पिक व्यवस्था नगर्दा सम्म शिलान्यास कार्यक्रम नगर्न आग्रह गरेका छन् । उनीहरुले बिना बिकल्प शिलान्यास कार्यक्रम गरिए अवरोध गर्ने चेतावनी पनि दिएका छन् ।

औद्योगिक क्षेत्रका लागि सरकारले लागत कट्टि गरेको जग्गा भित्र ३ हजार बढी परिवारहरुको बसोबास गर्दै आएका छन् । स्थानीयको माग सम्बोधन नगरि औद्योगिक क्षेत्र स्थापना भए ५० वर्ष देखि बस्दै आएका स्थानीयको गास, बास र कपास खोसिने स्थानीय संघर्ष समितिका सदस्य बाबुराम घिमिरेले बताए । रानीगन्ज, साविक मोतिपुर, तिलोत्तमा लगायतको क्षेत्रमा ३ हजार बढी घर परिवार बस्दै आएको उनले बताए ।

सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारका मन्त्रीहरुले देशका बिभिन्न स्थानमा औद्योगिक क्षेत्रको शिलान्यस गर्दै हिंडिरहेका छन् । प्रधानमन्त्रीले यसै साता सुदुरपश्चिममा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए भने उद्योगमन्त्री लेखराज भट्टले आज बाँकेको नौबस्ताको औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । १३ गते बुटवलको मोतिपुरको औद्योगिक क्षेत्रको शिलान्यस गर्ने कार्यक्रम राखिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने गरि कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

उता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले भने मोतिपुरमा बसोबास गर्दै आएका सबैको माग सम्बोधन हुने बताएका छन् । खबरकुरासँग कुरा गर्दै बस्नेतले औद्योगिक क्षेत्रको निर्माण हुने २४५ बिगाहा जग्ग क्षेत्रमा मात्र शिलान्यास हुन लागेको जानकारी दिए । उनले कामहरु अगाडि बढ्दै जाँदा सबैको माग सम्बोधन हुने बताउंदै डीपीआरमा सबैको लागत लिईएको र ईआईए मा बाँकी स्थानीयको सम्बोधन भएको र औद्योगिक क्षेत्रको परियोना सुचारुहुँदा सम्म सबैको माग पुरा हुने जानकारी दिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : ०३ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको