काठमाडौं । निर्मला बलात्कार र हत्या प्रकरणमा कमजोर अनुसन्धान गरेको आरोपमा बर्खास्त गरिएका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टलाई सरकारले पुनर्वहाली गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बर्खस्तमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा…