५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

निर्मला बलात्कार र हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी मन्त्रिपरिषदको निर्णयबाट पुनर्वाहाली हुँदै



काठमाडौं । निर्मला बलात्कार र हत्या प्रकरणमा कमजोर अनुसन्धान गरेको आरोपमा बर्खास्त गरिएका नेपाल प्रहरीका  एसपी डिल्लीराज विष्टलाई सरकारले पुनर्वहाली गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बर्खस्तमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो। तर अदालतले सफाई दिएपछि बिष्ट सहित प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वाहालीका लागि प्रहरी प्रधान कार्यालयमा निबेदन दिएका थिए । प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको निबेदन गृहमन्त्रालयकै सिफारिसमा मन्त्रिपरिषदमा पेश भई आज बिष्टको पुनरर्वाहालीको निर्णय भएको एक मन्त्रीले बताए ।

पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनीहरुलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरे अनुसार मन्त्रालयले बिष्ट सहित २ जनालाई बर्खास्त गरेको थियो ।

अनुसन्धान फितलो गराएको अभियोगमा विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद माथि मुद्दा चलाईएको थियो ।

अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो।

गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। आफूहरुलाई अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए।

विष्ट र भट्टलाई २०७५ भदौ ३१ गते निलम्बन गरिएको थियो। त्यसको एक महिनापछि असोज २९ गते प्रधान कार्यालयले विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमा चिठी लेखेको थियो।

एपी बिष्ट सहित प्रहरी निरीक्षक भट्टलाई पनि पुनर्वाहालीका लागि मन्त्रिपरिषद बैठकले निर्णय गरेको बताईएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ३२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे