५ श्रावण २०८३, मंगलबार | July 21, 2026

निर्मला बलात्कार र हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी मन्त्रिपरिषदको निर्णयबाट पुनर्वाहाली हुँदै



काठमाडौं । निर्मला बलात्कार र हत्या प्रकरणमा कमजोर अनुसन्धान गरेको आरोपमा बर्खास्त गरिएका नेपाल प्रहरीका  एसपी डिल्लीराज विष्टलाई सरकारले पुनर्वहाली गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बर्खस्तमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो। तर अदालतले सफाई दिएपछि बिष्ट सहित प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वाहालीका लागि प्रहरी प्रधान कार्यालयमा निबेदन दिएका थिए । प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको निबेदन गृहमन्त्रालयकै सिफारिसमा मन्त्रिपरिषदमा पेश भई आज बिष्टको पुनरर्वाहालीको निर्णय भएको एक मन्त्रीले बताए ।

पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनीहरुलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरे अनुसार मन्त्रालयले बिष्ट सहित २ जनालाई बर्खास्त गरेको थियो ।

अनुसन्धान फितलो गराएको अभियोगमा विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद माथि मुद्दा चलाईएको थियो ।

अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो।

गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। आफूहरुलाई अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए।

विष्ट र भट्टलाई २०७५ भदौ ३१ गते निलम्बन गरिएको थियो। त्यसको एक महिनापछि असोज २९ गते प्रधान कार्यालयले विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमा चिठी लेखेको थियो।

एपी बिष्ट सहित प्रहरी निरीक्षक भट्टलाई पनि पुनर्वाहालीका लागि मन्त्रिपरिषद बैठकले निर्णय गरेको बताईएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ३२ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले