एजेन्सी । विश्वका १ सय ५२ मुलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका श्रीमति बेगोना गोमेज संक्रमित भएकी छिन । प्रधानमन्त्री कार्यालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आईरहेको छ । कोरोनाका कारण स्पेनमा अहिलेसम्म १ सय ९६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ६ हजार ३ सय ९१ पुगेको छ…