१० श्रावण २०८३, आइतबार | July 26, 2026

रुपन्देहीमा थपिए ५४ नयाँ कोरोना संक्रमित, फेरिपनि बुटवलकै अग्रता



बुटवल । रुपन्देहीमा आईतबार पनि कोरोना संक्रमित थपिने क्रम जारी रह्यो । पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको रिपोर्ट सार्वजानिक गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीले ५४ जना संक्रमित थपिएको जनाएको छ । आईतबार थपिएकामा २१ महिला र ३३ पुरुष छन् ।

रुपन्देहीमा आईतबार पनि बुटवल उपमहानगरले संक्रमित थप्ने बिषयमा अन्य पालिकालाई उछिनेको छ । बुटवलमा आईतबार २९ जना नयाँ संक्रमित थपिएका छन् । अन्य पालिकाहरुमा आईतबार थपिएकाहरुमा सैनामैना नगरपालिकामा ७ जना, गैडहवा गाँउपालिकामा ६ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सिद्धार्थनगरमा ३ जना, देवदह नगरपालिका, ओमसतिया गाँउपालिका, राहिणी गाँउपालिका र सियारी गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आईतबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २०५४ पुगेको छ भने जिल्लामा २१ जना संक्रमितको ज्यान गएको छ । जिल्लामा १२६० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ०६ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले