३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतीय दूतावास अगाडि घन्कियो नारा, – भारतीय सेना कालापानी छोड !

काठमाडौं । भारतले नेपाली सीमा अतिक्रमण गरेको विरोधमा मानवअधिकारकर्मीहरुले लैनचौरस्थित भारतीय दूतावास नजिकै धर्ना दिएका छ्न । मानवअधिकार तथा शान्ति समाजको अगुवाईमा भएको धर्नामा सहभागी अधिकारकर्मीहरुले भारतले सीमा मिचेर अपराध गरेको जिकिर गरेका छन् । उनीहरुले लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, भारतीय सेना कालापानीबाट फिर्ता गर जस्ता नारावाजी गरेका…