१५ बैशाख २०८१, शनिबार | April 27, 2024

वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध



काठमाडौं । वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् ।

सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ । सो सडकका कतिपय खण्ड असारदेखि अवरुद्ध रहेकामा अझै खुल्न सकेको छैन । कतिपय खण्ड यस साताको वर्षाका कारण अवरुद्ध छ ।

बेनी –जोमसोम –कोरोला सडक म्याग्दीको दाना र गलेश्वरमा अवरुद्ध थियो । म्याग्दीकै काभ्रेभीर र घोप्टेभीरमा पनि सडक अवरुद्ध छ । यही साउन १० गते सडक माथिबाट आएको पहिराले बेलिब्रिज बगाएको थियो । सो राजमार्गको रुप्सेमा निर्माणाधीन पुलको जग पुरिएको छ । सो सडक नजीक राखिएको एस्काभेटर, नजिकैको घर र बससमेत बगेका थिए ।
नच्र्याङ तातोपानीमा निर्माणाधीन पुल र डाइभर्सन पनि पहिराले बगाएको थियो ।

महाकाली राजमार्गको सतबाँझ–दार्चुला खण्ड यही साउन ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षापछि पहिरो र अत्यधिक वर्षाका कारण सडक अवरुद्ध बन्न पुगेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत अर्घाखाँचीको निगाली –देउराली सडक अवरुद्ध छ । सो सडकका ठाउँठाउँमा सानाठूला पहिरो गएकाले उपलब्ध उपकरणबाट सडक खोल्ने काम भइरहेको विभागले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीअन्तर्गत कृष्णनगर र सोनापफाँटा सडक अवरुद्ध छ । बेंसीशहर –चामे सडकको घोप्टे खोलामा हिमपाइप बगाउँदा सडक अवरुद्ध बनेको छ । खोड्पे–बझाङ सडकअन्तर्गत जालिबगरमा सडक अवरुद्ध छ । भारी वर्षापछि सेती नदीको पानीले ३० मिटर सडक नै बगाएको थियो । सो सडकमाथि पहाड र तल नदी भएकाले अलिेसम्म सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत दलाङ अहिले अवरुद्ध छ ।

सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले सडक वा पुल नै बगाएका स्थानमा बाहेक पहिरो हटाएर सञ्चालन गरिँदै आएको बताए । उनका अनुसार पूर्णरुपमा सञ्चालन हुन नसकेका सडक पनि एकातर्फको अवरोध हटाएर आंशिक रुपमा सञ्चालन गरिएको छ । उनले भने, ‘विभागअन्तर्गतका डिभिजनहरु जेठदेखि नै तयारी अवस्थामा छन् ।’

अरनिको राजमार्गको झण्डै १५ स्थानमा सडक एकातर्फबाट सञ्चालन भइरहेको छ । कोशी राजमार्ग, बेंसीशहर –चामे सडकका विभिन्न खण्ड, कान्ति लोकपथ, नारायणगढ–मुग्लिन सडकको १९ किलोलगायत सडक पनि अहिले आंशिक रुपमा सञ्चालनमा छन् । त्यस्तै सिद्धिचरण राजमार्गको सिस्नेरी भीर र साल्मे भीरखण्ड, मलेखु–मुग्लिन सडकको जोगीमारा र मौवाखोला सडक पनि आंशिक रुपमा रुपमा सञ्चालनमा छ ।

लेगुवा –भोजपुर सडक र सिद्धिचरण राजमार्गका विभिन्न खण्ड, बिपी राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न खण्ड पनि वर्षाले अवरुद्ध भएकामा आंशिक रुपमा सञ्चालनमा छन् । रासस

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ०८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग