काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन् । शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत काठमाडौंको नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शनिबार जाहेरी दिएका हुन् । उनले जाहेरीमा जेनजी समूहको आन्दोलनका क्रममा गोली चलाउने आदेश ओलीबाट भएको दाबी गरेका छन् । जाहेरीमा…