सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाका विद्यार्थीहरूलाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गर्दै ‘पाण्डा प्याक परियोजना’ कार्यान्वयन गरिएको छ । चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट ( सीएफआरडी) द्वारा संचालित उक्त परियोजनाले चिसो र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा अध्ययनरत बालबालिकाको सिकाइ अवस्था र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने उद्देश्य लिएको छ । नेपालमा सामाजिक रूपमा बहिष्कृत तथा सीमान्तकृत…