काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित श्रेष्ठको ललितपुरस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालले मंगलबार दिउँसो २:५१ बजे उनको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुयोग आचार्यले बताएका छन् । क्यान्सरको उपचारका लागि भारतका विभिन्न अस्पतालमा उपचार गराएर…