काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीतर्फबाट समावेश गरिएका १७ जना समानुपातिक उम्मेदवारको नाम हटाउँदै सूची अद्यावधिक गरेको छ । रास्वपाले आइतबार बिहान निर्वाचन कार्यालयमा पुगेर समानुपातिक उम्मेदवारको संशोधित सूची दर्ता गराएको हो । अद्यावधिक सूचीअनुसार दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी रीमा विश्वकर्माबाहेक उज्यालो नेपाल पक्षसँग सम्बन्धित सबै समानुपातिक उम्मेदवारको…