३१ भदौ २०८३, बुधबार | September 16, 2026

राजदूत फिर्ता प्रकरणमा प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनामा रिट दर्ता

काठमाडौं । सरकारले राजदूतहरू फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको अवज्ञा भएको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले दायर गरेको निवेदनको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ। जेनजी आन्दोलनपछि गठन भएको कार्की सरकारले अघिल्लो सरकारले नियुक्त गरेका…