५ पुस २०८२, शनिबार | December 20, 2025

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीका कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात पारेका नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत कात्तिक २० गतेदेखि २९ गतेसम्म सञ्चालन भएको…