काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले थापालाई औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दलित, महिला र अन्य समूह गरी तीन सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार…