काठमाडौं । अन्ततः बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेकपा प्रचण्ड-नेपाल पक्षका सभासदहरुले मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बैठक डाक्न आलटाल गरिए पनि आज शुक्रबार उनी विरुद्ध प्रस्ताव पेश भएको हो । बैठकको प्रारम्भमा नै प्रचण्ड-नेपालपक्षका सभासदहरुले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका…