७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

संसद विघटनको बाछिटा प्रदेशमा : बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता



हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्न थालेको छ ।

बागमती प्रदेशमा प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आज कार्यालय समय खुल्ने वित्तिकै पौडेल विरुद्ध असन्तुष्ट रहेका सांसदहरुले १ नम्वरमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रचण्ड–माधव पक्षका ४५ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वासको प्रस्तावको प्रस्तावकमा शालिकराम जम्मरकट्टेल र समर्थकमा अरुण नेपाल रहेका छन् । उनीहरुले पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

यससँगै पौडेल मन्त्रिपरिषदका ३ जना मन्त्रीले राजीनामा समेत दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा आन्तिरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वन वातावरणमन्त्री अरुण नेपाल रहेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : २९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल