१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बागमती प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौं । अन्ततः बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

नेकपा प्रचण्ड-नेपाल पक्षका सभासदहरुले मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बैठक डाक्न आलटाल गरिए पनि आज शुक्रबार उनी विरुद्ध प्रस्ताव पेश भएको हो ।

बैठकको प्रारम्भमा नै प्रचण्ड-नेपालपक्षका सभासदहरुले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका थिए ।

दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए ।

पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पार्टी विवादका कारण राजिनामा दिएका पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

सांसद नेपालले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत जानकारी गराएका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले अविश्वासको प्रस्तावमाथि बोल्ने कार्यक्रम तय भएपनि अविश्वासको प्रस्तावमाथिको कारबाही भने आजै सुरु हुन सकेन ।

सचिवालयका अनुसार अविश्वास प्रस्ताव कार्यान्वनका लागि कार्यविधि तय भइसकेको छैन । कार्यविधि तय गर्न सर्वदलीय कार्यदल बनेको छ । कार्यदल छलफलकै चरणमा छ । कार्यदलले कार्यविधि तय गरेपछि अविश्वासको प्रस्ताव कारबाही प्रक्रियामा प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : १६ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका