२९ असार २०८३, सोमबार | July 13, 2026

बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने



काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज पुनः बस्दैछ ।

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाकै सांसदहरुबाट अविश्वासको प्रस्ताव दर्ता भैसकेको अवस्थामा प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका छन् ।

बैठकको कार्यसूचि कार्यव्यवस्था परामर्श समितिले टुंग्याउने भएपनि बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गरिने नेकपाको प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि अविश्वास प्रस्तावमाथि छलफल हुनसक्ने जनाएको छ ।

६ महिनाभित्र प्रदेशसभा अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यताका कारण प्रदेशसभाको हिउँदे अधिवेशन बोलाइए पनि सभामुख श्रेष्ठले त्यसपछि बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, मुख्यमन्त्री पौडेलले भने अविश्वासको प्रस्ताव सामाना गर्ने बताइसकेका छन् । विपक्षी दलहरुले समेत बैठक बोलाउनुपर्ने दबाब दिएपछि सभामुखले आजका लागि बैठक तय गरेका हुन् ।

बागमती प्रदेशमा केपी शर्मा ओली निकट डोरमणि पौडेल मुख्यमन्त्री छन् । पौडेल विरुद्ध नेकपाको प्रचण्ड नेपाल पक्षका ४५ जना सांसदले गत पुष १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले वैकल्पिक मुख्यमन्त्रीमा सांसद अष्टलक्ष्मी शाक्यलाई अघि सारेका छन् ।

अविश्वासको प्रस्ताव पारित या मुख्यमन्त्रीलाई नै विश्वासको मत प्राप्तिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निर्णयक अवस्थामा रहेको छ । यद्यपी, काँग्रेसले अहिलेसम्म आफ्नो पोजिसन स्पष्ट पारेको छैन ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : ५९ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको