पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका प्रतिपक्षी दलहरुले आफ्ना सांसदहरुलाई होटलमा राखेका छन् । अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भैरहेकै समयमा फ्लोर क्रस हुने आशंकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्ना सांसदहरुलाई होटलमा राखेका हुन् । सबै सांसदहरुलाई आज बिहानदेखि पोखराको लेकसाइडस्थित रिसोर्टमा राखेका छन् ।…