लुम्बिनी । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरी, दाङमा आज बसेको बैठकले प्रदेशको विकाससँग सम्बन्धित प्रमुख विषयहरू सङ्घीयस्तरमा उठाउने निर्णय गरेको हो । बैठकले ढुङ्गा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा…