बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै आमाको आशिर्वाद लिन रुपन्देहीको छपिया पुगेका छन् । देउखुरी उपत्यका स्थित मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेको पर्सिपल्ट गृह जिल्ला रुपन्देही फर्केका मुख्यमन्त्री गिरी आफ्नो निवास पुग्नु पहिले आमासँग आशिर्वाद लिन छपिया पुगेका थिए । मुख्यमन्त्रीको कान्छो भाईसँग छपियामा बस्दै आएकी आमा केशवकुमारी गिरीलाई शाष्टाङ्ग…