१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनीका मुख्यमन्त्रीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ । सांसदहरुले विश्वासको मतमा हुन्छ र हुँदैन भन्ने दुई वटा विकल्पमा मतदानको व्यवस्था गरिएको छ । मतदान प्रक्रिया सुरु हुनुअघि मुख्यमन्त्री केसीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।