१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशसभाको बैठक असोज १३ गतेसम्म स्थगित



बुटवल । असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मंगलबार प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा नवौं अधिवेशनको छैटौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको हो ।

एमालेले गत भदौ १ गते बोलाइएको यही अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरूद्ध गर्दै आएको छ ।

पछिल्लोपटक भदौ ३१ गते बोलाइएको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले असोज ७ गतेसम्मका लागि स्थगित गरेका थिए ।

एमालेले सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेसम्म बैठक बस्न नदिने बताएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ०६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम