१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपालगन्ज उपमहानगरको ‘कम्पलेक्स’ निर्माणकार्य अलपत्र, ठेकेदार सम्पर्कबिहीन

नेपालगन्ज । निर्माण कम्पनी सम्पर्क बिहीन भएपछि नेपालगन्ज उपमहानगरपालिकाको सुविधा सम्पन्न कम्पलेक्सको काम अलपत्र परेको छ । निर्माणको ठेक्का लिएको पूर्णचन्द्र आत्रय निर्माण सेवा (जेभि) कामा बीचमै छाडेर बेपत्ता भएपछि कम्पलेक्स निर्माणको काम अलपत्र परेको हो । पटक पटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दापनि सम्पर्कमा नआएको भन्दै उपमहानगरले ठेक्का तोड्ने तयारी गरिरहेको जनाएको छ ।…