नेपालगन्ज । बाँकेमा ज्यान मार्ने कसुरमा संलग्न एकजनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिकाका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली…